यस्तो पनि

आमाको दोस्रो विवाह गराएर बालकले भने, ‘मेरी मम्मीलाई चुम्बन गर्नुहोस्’

Thrill Factory
Rungta Group

समय अनुसार बदलिनु पर्दछ भन्ने कथन सुन्नु भएको होला । यसैका कैयौँ उदाहरण अहिले सामाजिक सञ्जाल र इन्टरनेटमा समेत देख्न सकिन्छ । इन्स्टाग्राममा भाइरल एक विवाहको
तस्बिर तथा भिडियोले यही कथनलाई चरितार्थ गरेको छ ।

समाजमा दोस्रो विवाहलाई प्रोत्साहित गरेको पाइँदैन । जसका कारण डिर्भाेस भएका वा पार्टनरको मृत्यु भएका व्यक्तिले अर्काे विवाह गर्ने सोच बनाउँदैनन् । तर एक बालकले भने आफ्नो एकल महिलाको रुपमा रहदै आएकी आफ्नी आमाको विवाह गराएका छन् ।

ती बालकले आफ्नी आमाको दोस्रो विवाह गराएर आमासहित आफूले अभिभावक पाएको र यसले दुबैमा खुसी दिने बताएका छन् । भिडियोमा, चर्चका फादर जस्तै ती बालकले माइकमा विवाह सम्पन्न भएको खबर सुनाए र क्रिश्चियन समुदायमा विवाह पछि हुने बेहुला बेहुलीबिचको चुम्बनको रीतिरिवाज समेत गर्न लाउँदै आमाको दोस्रो विवाह गराए ।

यो विवाह कहाँको हो, र विवाह गर्नेहरू को हुन् भन्ने खुलेको छैन । तथापि भिडियोलाई धेरैले मन पराएका छन् । साथै धेरैले बालकको सह्राना गर्दै भिडियोलाई सकारात्मक मानेको प्रतिक्रिया दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button