
पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनियारले असाहाय ,बिपन्न ,एकल महिलालाई छाठ पूजाको निमित नयाँ सदि बितरण गर्नु भएको छ । सांसद रौनियारले पर्साको पोखरिया नगरपालिका स्थित सतवरिया पोखरियामा आफै प्रत्यक्ष पुगी त्यस्ता लक्षित बर्गलाई उक्त साडी बितरण गर्नु भएको हो । सांसद रौनियारले एक हप्तादेखि छठ पर्वको अवसरमा साडी बितरणलाई निरन्तरता दिनुभएको छ।

