No Image Headlineखबर फटाफटप्रदेश

सामाजिक आवरणमा ग्रिन सिटीको बद्मासी : सडक अवरोध गरेर वर्षेनि रमिता किन ?

ग्रिन सिटीका हर्कतमा प्रहरी प्रशासनको समर्थन आश्चर्यजनक

Thrill Factory
Rungta Group

कोरोना महामारी नफैलियोस् भनेर सरकारले चाडपर्वमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्व मनाउन आग्रह गरिरहेको छ । सभा सम्मेलन र मेला महोत्सवमा अहिले पनि नियन्त्रण कायमै छ ।

तर, सरकारी नीति नियम कार्यान्वयन गर्ने गराउने तहमा बसेका निकायकै सहभागितामा वीरगञ्जमा सार्वजनिक सडक अवरुद्ध पारेर रमिता देखाइएको छ ।

सामुदायिक प्रहरी र ग्रीन सीटी आदर्शनगरले यही तिहारमा सडक अवरुद्ध पारेर हजारौं मानिस भेला पारेर शुभकामना साँझ आयोजना गरेको थियो ।

प्रहरीकै सहभागिता भएको सो कार्यक्रममा स्थानीय प्रहरी, प्रशासनदेखि जनप्रतिनिधिहरुसमेत सहभागी भएका थिए । ग्रीन सिटीले वीरगञ्जको कैलाश होटल चोकदेखि भाजुरत्नचोकसम्मको सडक अवरुद्ध पारेर सकडमै रमिता देखाएको थियो ।

हजारौंको भिड जम्मा गरेर रमाइलो गर्दा स्वास्थ्य सतर्कतामा कत्ति पनि ध्यान दिइएको थिएन । यतिसम्म कि, त्यो भीडमा मास्क लगाउनेजस्तो सामान्य सतर्कतासमेत अपनाएको नदेखिएको सचेत स्थानीय बासिन्दाले बताए ।

्ग्रिन सिटी नामक संस्थाले तिहार, होली, नयाँ वर्षजस्ता समयमा सडक अवरुद्ध पार्दै भिड जम्मा पारेर रमाइलो प्रदर्शन गर्दै आएको छ । यसले त्यस क्षेत्रका बासिन्दाहरु समस्यामा पर्ने गरेका छन् ।

मेला महोत्सवजस्ता कार्यका लागि नजिकै आदर्शननगर रंगशाला उपयुक्त स्थान छ । तर, ग्रीन सिटीले प्रत्येक पटक सडक अवरुद्ध पार्न छोडेको छैन ।

स्थानीयले सडक अवरोध नगर्न र त्यस्ता कार्यक्रम गर्नैपर्ने भए आदर्शनगरको रंगशालामा गर्न सुझाव दिए पनि ग्रिन सीटीले वेवास्ता गर्दै आएको छ ।

बरु, सामाजिक कामको आवरणमा प्राप्त भएको प्रहरी प्रशासनसँगको संगतको धक्कु देखाउने गरेको ग्रिन सिटीको हर्कतका कारण समस्याका परेका आदर्शनगरका एक बासिन्दाले बताए ।

ग्रिन सिटीका प्रायः काम प्रहरी र प्रशासनको सहकार्यमा गरेको देखिन्छ । एकाध सामाजिक कामको आवरणमा प्रहरी प्रशासकसँग संगत स्थापित गरेर आफूलाई प्रहरी प्रशासनको निकट देखाउने र त्यसको आडमा स्थानीयलाई धाक लगाउँदै हिड्ने गरेको स्थानीयको अनुभव छ ।

प्रहरी प्रशासनका केही अधिकारीहरुसँग नजिकिएर संगतको आडमा सरकारी निकायका अधिकारीहरुलाई समेत धाक देखाउने गरेका छन् । यतिसम्म कि, आदर्शनगरका सेवाग्राहीलाई केही सरकारी सेवा प्रदायकले कतिपय सरकारी सेवा लिनका लागि समेत ग्रिन सिटीको सहमति लिएर आउन भन्ने गरेका छन् ।

सामाजिक कामका आडमा प्रहरी प्रशासनको चाकरी गरेर ग्रिन सिटीका केही सदस्यले आफ्नो व्यापार व्यवसायका अवैध हर्कतलाई संरक्षणको माहोल बनाएको पनि जानकारहरु बताउँछन् । ग्रिन सिटीको हर्कतमा प्रहरी प्रशासनले अन्ध समर्थन गर्दै आउनुलाई स्थानीयले आश्चर्यको रुपमा लिएका छन् ।

ग्रिन सिटीका अगुवा भने स्थानीयले पाएको समस्या र त्यसको गुनासोलाई आफ्नो लोकप्रियताबाट जलन गर्नेहरुको खुट्टा तान्ने प्रयास मान्छन् ।

‘ग्रिन सिटीले केही राम्रा काम पनि गरेको छ । तर, सीमित कामको आडमा स्थानीयलाई असीमित समस्या दिने र हुँदाहुँदा त्यसका पदाधिकारीहरुले आफूलाई सामानान्तर सरकारी निकायको रुपमा अभ्यास गर्नु आपत्तिजनक छ,’ ग्रिन सिटी पीडित आर्दनगरका एक व्यवसायीले गुनासो गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button