देशमुख्य खबर

छठ पर्वको तयारी तीव्र, नदी तथा जलाशयहरु सिंगारिँदै

Thrill Factory
Rungta Group

राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ ।

कात्तिक महिनाको शुक्लपक्षमा मनाइने छठ पर्वको लागि अहिले श्रद्धालुभक्तजनहरूले  पोखरी, नदी तथा विभिन्न जलायशहरु  सजाउने काम धामधम गरिरहेका छन् ।

युवा क्लव तथा अन्य संस्थाहरूले छठ पर्वको अवसरमा जनकपुरका विभन्न पोखरी तथा सरोवरहरूलाई दुल्हीझैँ सिंगारिएको छ ।

जनकपुरका गंगासागर, धनुष सागर, अग्नीकुण्ड ,अङगराजसर, दशरत तलाउ सहितका पोखरीहरूको डिलमा छठ पूजाका लागि सजाउने काम भइरहेको छ ।

गंगा सागर छठ पुजा समितिका अध्यक्ष अशोक लाल दासले गंगा सागरको डिलमा छठको लागि घाट निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए । पोखरीको चारै डिलमा करिव चार हजारभन्दा बढी व्यक्ति एक साथ छठ पर्व मनाउने गरेको उनले बताए ।

छठ पूजाका लागि जनकपुरका व्रतालुहरू राति पूजा स्थानमै बस्छन् भने ग्रामिण क्षेत्रमा अधिकाश व्रतालु साँझ घर फर्कछन् र भोलिपल्ट बिहानै घाटमा आएर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

छठ पर्व  मनाउँदा  चर्म रोग, पुत्रलाभ,आर्थिक समवृद्धि तथा सुख शान्ति प्राप्त हुने जनविशवास रहेको छ ।

चार दिनसम्म मनाइने यो पर्वको पहिलो दिन सोमवार नुहाई खाई, दोस्रो दिन अर्थात् मंगलवार खरना, तेस्रो दिन बुधवार अस्ताउँदै गरेको सूर्य र अन्तिम दिन बिहीबार उदाँउदै गरेको सूर्यलाई अर्घ्य दिई यो पर्व समापन गरिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button