अन्तराष्ट्रियअर्थमुख्य खबर

महँगी वृद्धि : खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

Thrill Factory
Rungta Group

विश्वभर महँगी बढेको छ । अहिलेको महंगी पछिल्लो १० वर्षकै सबभन्दा धेरै  भएको संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन(एफएओ) ले बताएको छ ।

एफएओका अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ ।

एफएओका अनुसार विश्वभर खाद्यान्न र खाने तेलको मूल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महीनमा मात्र १० प्रतिशतले मूल्यवृद्धि भएको छ । आपूर्तिमा अवरोध, फ्याक्ट्री बन्द हुनु तथा राजनीतिक उतारचढाव बढेपछि खाद्यान्न उत्पादनमा लगातार दवाव बढिरहेको छ ।

यसअघि नै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले आपूर्ति प्रणालीमा आएको व्यवधानका कारण विश्व बजारमा खाद्य उपलब्धताको अनिश्चितता हुनसक्ने चेतावनी दिएको थियो ।

एफएओका अनुसार खाद्यान्नको मूल्यमा वार्षिक २२ प्रतिशतले वृद्धि भइरहेको छ । क्यानडा, रुस र अमेरिका जस्ता गहुँको ठूलो उत्पादक देशमा उत्पादन कम भएका कारण एक वर्षमै गहुँको मूल्य पनि ४० प्रतिशतले बढेको छ ।

राष्ट्र संघले पाम, सोया, सूर्यमुखी र रेपसिड तेलको मूल्य बढ्दा वनस्पति तेलको मूल्य पनि आकाशिन थालेको उल्लेख गरेको छ। अझ विश्वमाझ खाद्य असुरक्षा कोरोनाभाइरसबाट सृजित असहज परिस्थितिका कारण थप गम्भीर बन्ने आकलन गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button