No Image Headlineखबर फटाफटदेश

ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट: ४ को मृत्यु, २ जना घाइते

Thrill Factory
Rungta Group

शुक्रबार साँझ ललितपुरको मंगलबजारमा ग्यास विस्फोट हुँदा चारजनाको मृत्यु भएको छ ।

मंगलबजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

चारजनाको शव घटनास्थलबाट निकालिएको प्रहरीले जानकारी दिएको छ । घटनामा थप २ जना घाइते भएका छन् ।

प्रहरी घटनास्थलमा पुगेको छ । विस्फोटपछि सो घरमा आगलागी भएको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button