अन्तराष्ट्रिययस्तो पनि

संसारबाट भोकमरी हट्ने भए ६ अर्ब डलर दान दिन तयार मस्क

Thrill Factory
Rungta Group

अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाका सीईओ तथा संसारका सबैभन्दा धनी व्यक्ति एलन मस्कले संसारबाटै भोकमरी हट्ने भए आफ्नो सम्पत्तिको सानो हिस्सा दान दिन आफू तयार भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)का निर्देशक डेभिड बिसलेले मस्कलगायत अर्बपतिहरुलाई एक पटकमा एक जना अगाडि बढेर मद्दत गर्न भन्दै यही महीनाको शुरुमा गरेको ट्विटतर्फ औंल्याउँदै मस्कले सो टिप्पणी गरेका हुन् ।

बिसलेले ब्लुम्बर्गको अर्बपति सूचकांकमा शीर्ष दुई स्थानमा रहेका मस्क र अर्का व्यक्ति अमेरिकी अनलाइन खुद्रा कम्पनी एमाजनका सह–संस्थापक जेफ बेजोसतर्फ इंगित गरेर सो ट्विट गरेका थिए । ६ अर्ब डलरले मात्रै पनि ४ करोड २० लाख मानिसहलाई मर्नबाट जोगाउने उनको भनाइ थियो ।

डब्ल्यूएफपीले पारदर्शिता अनि खुला हिसाबकिताब प्रयोग गरेर ६ अर्ब डलरले विश्वको भोकमरी कसरी अन्त्य गर्न सक्छ भनेर बताउन सक्यो भने आफूले अहिले नै टेस्लाको शेयर बेचेर यसो गर्ने मस्कले एक ट्विटमा भनेका थिए । बेसलेले पनि मस्कले आफूलाई प्रत्यक्ष रुपमा भेट्न तयार भए आफूले योजना ल्याउने र किताब पनि खोलेर देखाउने बताएका छन् ।

६ अर्ब डलर मस्कको नेटवर्थको सानो हिस्सा हो । अहिले उनको नेटवर्थ करीब ३ खर्ब ११ अर्ब डलर छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button