खबर फटाफटप्रदेश

तीन वर्षीया छोरी बोकेर माइती हिँडेकी ईश्वरी खोलामा खसेर बेपत्ता

Thrill Factory
Rungta Group

जाजरकोटको बारेकोट गाउँपालिका ७ की ईश्वरी शाही (सिंह) छोरीसहित डोल्पा जगदुल्ला खोलामा खसेकी छन् ।

तिहारमा टीका लगाउन माइतीघर हिँडेकी सिंह डोल्पाको मुड्केचुला गाउँपालपालिका २ अन्तर्गत त्रिवेणीमा पर्ने जगदुल्ला खोलामा तीन वर्षीया छोरी लक्ष्मीसहित खसकी हुन् ।

खसेको केही समयभित्रै खोलाले बगाएर आमा बेपत्ता हुनुका साथै छोरीको स्थानीयले उद्धार गरेर उपचारका लागि नेपालगञ्ज पठाइएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक राजु पान्डेले जानकारी दिए । मुख, टाउको र शरीरमा गहिरो चोट लागेकाले छोरीको अवस्था गम्भीर रहेको उनले बताए ।

छिमेकी जिल्ला रुकुम (पश्चिम), जाजरकोटलाई खबर गरी बेपत्ताको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button