अर्थप्रदेश

विदेश पलायन रोक्न होमस्टे

Thrill Factory
Rungta Group

पछिल्लो समय रोजगारीको लागि युवा विदेश पलायनको क्रम दिनानुदिन बढ्दो छ । बिदेसिएका र बसाइँसराइलाई रोक्न लमजुङको दोर्दी गाउँपालिका ६ ताँजेमा होमस्टे सञ्चालन गरिएको छ ।

५५ घरधुरी रहेको ताँजेमा युवाहरूकै सक्रियता होमस्टे सञ्चालन गरिएको हो । गाउँको अर्गानिक उत्पादन र संस्कृतिसँग जोडेर होमस्टे सञ्चालन भएसँगै ताँजेका युवाहरू गाउँ फर्किएका छन् ।

प्रकृतिको बरदान पाएको ताँजे गाउँबाट बसाइँसराइ र युवा पलायनको क्रम बढेपछि स्थानीय होमस्टेको अभियानमा जुटेका हुन् । सुरुमा गाउँको तीन घरमा होमस्टे सञ्चालन गरिएको छ । होमस्टे सञ्चालनमा स्थानीय आमा समूहले युवालाई साथ दिएको ताँजे होमस्टे व्यवस्थापनका अध्यक्ष एवं होमस्टेका अभियन्ता टकलाल घले बताउँछन् ।

अध्यक्ष घलेले भने, ‘युवा पलायनका कारण हिजोआज ग्रामीण बस्ती बिस्तारै युवाविहीन बन्ने क्रम बढ्दो छ । यसलाई रोक्न गाउँमै स्वरोजगार बन्न होमस्टे सञ्चालन गरिएको हो । ताँजे गाउँमा घले, गुरुङ, तामाङ र दलित बस्ती रहेको छ । गाउँमा सडक निर्माणसँगै पर्यटकको आगमन बढ्न थालेपछि ५४ मेगावाट क्षमताको सुपर दोर्दी–ख जलविद्युत आयोजनाले युवाको अभियानमा साथ दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button