खबर फटाफटप्रदेश

शाही मुख्यमन्त्री भएपछि नेपाली कांग्रेस हुम्लाद्वारा दीप प्रज्वलन

नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही हुम्लाबाट मुख्यमन्त्री बनेपछि नेपाली कांग्रेस हुम्लाका ७ वटै नेपाली कांग्रेसका वडा समिति, स्थानीय तह कार्य समिति र जिल्ला पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको छ ।

Patanjali Nepal
Sweet Mart Food

यस्तै ताँजाको गाउँपालिका नेपाली कांग्रेसले एक कार्यक्रमको आयोजना गरी खुसीयाली र्‍याली निकाली दीप प्रज्वलनसमेत गरेको कांग्रेस पालिका कार्यसमितिका सभापति कृष्णबहादुर मल्लले बताए ।

मुख्यमन्त्री शाहीको जन्म थलो खार्पुनाथ गाउँ पालिकामा कांग्रेस पालिका कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सोही पालिकाका नेपाली कांग्रेस सभापति टक्कबहादुर शाहीले बताए ।

मंगलबार राति कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री शाहीले पद तथा गोपनीयताको शपथसँगै कांग्रेस हुम्ला पार्टी कार्यालयमा पनि दीप प्रज्वलन गरिएको सभापति धर्मराज रोकायाले बताए ।

मंगलबार साँझ समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेश भएपछि प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button