खबर फटाफटप्रदेश

प्रदेश १ का मुख्यन्यायाधिवक्ता आचार्यले दिए राजीनामा

Thrill Factory
Rungta Group

प्रदेश १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यले पदबाट राजिनामा दिएका छन् । उनले बुधबार आफ्नो राजिना पत्र मुख्यमन्त्री राजेन्द्र कुमार राईमार्फत बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

‘माननीय प्रदेश प्रमुखज्यू समक्ष प्रदेश नम्बर १ का मुख्य न्यायाधिवक्ता श्री चुडामणि आचार्यज्यूले माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईमार्फत नेपालको संविधानको धारा १६० को उपधारा ९४० को खण्ड ९(क) बमोजिम मिति २०७८र०७र१७ गतेदेखि लागू हुने गरी प्रदेश नम्बर १ को मुख्य न्यायाधिवक्ताको पदबाट राजीनामा दिनुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेकपा एमाले निकट रहेका बरिष्ठ अधिवक्ता आचार्यलाई २०७४ फागुन २५ गते तत्कालिन मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका थिए । त्यसपछि पनि एमालेकै भीम आचार्य नेतृत्वको सरकार बनेपछि उनले सरकारको कानुनी सल्लाहकारको भूमिकामा निरन्तरता पाएका थिए ।

सामान्यतयाः अर्को दलको नेतृत्वमा सरकार बनेपछि पदमा बहाल रहिरहन नैतिक रुपमा अप्ठेरो पर्ने र नयाँ सरकारलाई काम गर्न बाटो खोलिने चलन रहँदै आएकोले आफुले राजिनामा दिएको आचार्यले बताए । निर्वमान् मुख्यमन्त्री आचार्यले उनलाई कात्तिक १४ गतेको अन्तिम मन्त्रिपरिषद् बैठकबाट प्रदेश सरकारको ऐन कानुन र नियमावलीको मस्यौदा गर्न गठित कानुन तर्जुमा तथा सुझाव समितिको संयोजक चयन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button