
कर्णाली नदि किनारमा एक महिलाको शव फेला परेको छ। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ७ चिप्ले स्थित कर्णाली नदिको किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको हो।
अन्दाजी ३०/३५ बर्षीया देखिने महिलाको शव फेला परेको र पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले शव पानीबाट निकाली शव जाँच समेतको कार्य पुरा गरी पोष्टमार्टमका लागी टिकापुर अस्पताल कैलाली पठाईएको छ।