No Image Headlineअर्थखबर फटाफट

तिहारको मुखमा हवाई भाडा बढ्यो, कुन ठाउँको भाडा कति ?

Thrill Factory
Rungta Group

आन्तरिक वायु सेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् । बुधबार वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै एक सय बढी हवाई रुटमा हवाई टिकटको बढेको नयाँ मूल्य सूची सार्वजनिक गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएकोभन्दै तिहारको मुखैमा हवाई टिकटको मूल्य बढाएका छन । संघले नागरिक उड्डयन प्राधिकरणले मंगलबारैदेखि लागू हुने गरी नयाँ मूल्य अनुमोदन गरेको पनि जनाएको छ । नयाँ मूल्य सूची अनुसार आन्तरिक हवाई टिकटको मूल्य ४५ रुपैयाँदेखि ४ सय ४० रुपैयाँसम्म महंगिएको छ ।

नयाँ मूल्यसूची अनुसार सबैभन्दा धेरै काठमाडौं–धनगढीको हवाई भाडा ४ सय ४० रुपैयाँसम्म वृद्धि भएको जनाएको छ । यसअघि काठमाडौंदेखि धनगढीसम्मको लागि ३ हजार ८ सय हवाई इन्धनमा खर्च हुनेमा अहिले यो बढेर ४ हजार २ सय ४० रुपैयाँ पुगेको छ ।

आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ । काठमाडौं–धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ । यो रुटमा यसअघि फ्युल सजचार्ज ३८ सय रुपैयाँ रहेकोमा पछिल्लो पटक चार हजार २४० रुपैयाँ पुगेको छ ।डोटी–साफेबगर उडानमा कम अर्थात ४५ रुपैयाँ भाडा बढेको छ । यसअघि यो रुटमा ३५५ रुपैयाँ इन्धन खर्च रहेकोमा अहिले ४०० रुपैयाँ पुगेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button