खबर फटाफटप्रदेश

१२ किलो गाँजासहित बाराबाट तीन पक्राउ

Birgunj Metropolitan Notice

प्रहरीले बाराबाट १२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

मंगलबार राति प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका(७ बाट तीन जनालाई गाँजासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका(२ का २३ वर्षीय सुमन रुम्बा, २० वर्षीय विजय थिङ र १९ वर्षीय अखिल मोक्तान छन्।

टेढा रोडमा शंकास्पद रूपमा हिँडिरहेका उनीहरूको झोला जाँच गर्दा गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button