खेल संसार

नेपाली महिला क्रिकेट टोलीको तयारी बंगलादेशमा हुने

Thrill Factory
Rungta Group

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले बंगलादेशमा तयारी गर्ने भएको छ । नेपाली टोलीले विश्वकप छनोट अन्तर्गत एसिया छनोटका लागि बंगलादेशमा तयारी गर्ने भएको हो ।

यूएईमा हुने आईसीसी वुमन्स टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारी स्वरूप नेपालले एक साताको तयारी गर्ने भएको हो ।नेपालले बंगालादेशमा रहेको बीकेएसपी एकेडेमीसँग मैत्रीपूर्ण खेल खेल्ने क्यान स्रोतले बताएको छ ।

बंगलादेशमा नेपालले नोमेम्बर ४ देखि १४ सम्म तयारी गर्नेछ । त्यसका लागि नेपाली टोली बिहीबार ११ बजे बंगलादेशतर्फ प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् ।

नेपालले हङकङविरुद्ध खेल्दै अर्को महिना प्रतियोगिताको सुरुवात गर्नेछ । छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएई गरी ६ राष्ट्र सहभागी छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक १० गते रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय महिला क्रिकेट टोलीको घोषणा गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button