No Image Headlineअर्थ

पुनरुत्थानका प्याकेजले अर्थतन्त्रमा सकारात्मक प्रभाव : गभर्नर अधिकारी

Thrill Factory
Rungta Group

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले यहाँ सोमवार आयोजना गरेको ‘गहिरिंदो तरलता अभाव : कारण र समाधान’ विषयक अन्तरक्रियामा गभर्नर अधिकारीले सरकार र नेपाल राष्ट्र बैंकको सामूहिक प्रयासले अर्थतन्त्र छिटो पुनरुत्थान भएको बताए ।

उनले आर्थिक पुनरुत्थान प्याकेजहरुको सकारात्मक प्रभावबाट निजी क्षेत्र पनि उत्साहित भएको उल्लेख गरे। ‘अर्थतन्त्रको पुनरुत्थान निकै राम्रो भयो तर यसको चाप तरलतामा परेको देखिन्छ, तथापि अहिले पनि तरलता अभावका कारण कर्जा नै नपाइने हो कि भनेर चिन्तित हुनुपर्ने अवस्था छैन ढिलो चाँडो कर्जा पाउँछन्’, उनले भने ।

राष्ट्रिय राजनीतिमा परिवर्तन तथा चाँडो सरकार फेरिने कारणले पनि तरलताको समस्या आएको गभर्नर अधिकारीको भनाइ छ । उनका अनुसार चालू आवयता ३५१ अर्ब कर्जा लगानी भएको छ । यो अवधिमा निक्षेप संकलन १ खर्ब रुपैयाँ पनि पुगेको छैन जसका कारण तरलता अभाव भएको छ । अहिलेको अवस्थामा उत्पादनमूलक र उत्पादनशील क्षेत्रमा बैंकहरुले ऋण कर्जा उपलब्ध गराउनुपर्ने गभर्नर अधिकारीको धारणा छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले पूँजीगत खर्च बढाउन नसक्दा तरलताको अवस्था आएको भन्दै यसले शिक्षा र स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पर्ने बताए ।

उनले तरलता अभावले करीब ४५ लाख शेयर लगानीकर्तासमेत प्रभावित हुने खतरा औंल्याए। कोभिड महामारीबाट अति प्रभावित पर्यटन तथा साना र मझौला उद्योग पुनरुत्थान कठिन हुने उनको भनाइ छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको कर्जा व्यवस्थापनमा राष्ट्र बैंकले ध्यान दिनुपर्ने खाँचो औंल्याए । उनले देशका कुल ७५३ ओटा स्थानीय तहमध्ये ७५० मा बैंकिङ सेवा पुगेको र बाँकी तीन ओटा तहमा पनि छिट्टै विस्तार गरिने लक्ष्य रहेको जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button