No Image Headlineप्रदेश
प्रदेश १ को मुख्यमन्त्रीमा ४९ सांसदको हस्ताक्षरसहित राजेन्द्र राईले पेश गरे दाबी

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गरेका छन् ।



मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार १ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका थिए ।



राईले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ४९ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।



प्रदेश प्रमुखले मंगलवार नै राईलाई मुख्यमन्त्रीमा शपथग्रहण गराउने भएका छन् । शपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने घोषणा गरेका छन् ।