अपहरण मुद्दाका फरार प्रतिवादी ८ वर्षपछि पक्राउ

प्रहरीले अपहरणमा तथा शरीर बन्धक मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पर्सा जिल्ला अदालतबाट २०७० सालमा ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरीवाना तोकिएका पर्सा जिल्ला साविक साविक महादेवपट्टी गाविस वडा नं.५ हाल जिराभवानी गाउँपालिका वडा नं.६ शंकरसरैया बस्ने वर्ष ५६ को प्रयाग चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।


त्यसयता फरार रहेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी बृत गौशाला काठमाण्डौसँग समन्वय गरी पक्राउ गरेको हो ।
उनलाई यही कात्तिक १४ गते काठमाण्डौ महानगरपालिका वडा नं. ९ तिलगंगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नावय उपरिक्षक ओमप्रकाश खनालले बताए ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको पनि खनालले जानकारी दिए ।