अर्थखबर फटाफट

सामलिङ्ग पावरको आईपीओ मंगलवार बिहान बाँडफाँट हुँदै

Thrill Factory
Rungta Group

सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ मंगलवार बाँडफाँट हुने भएको छ ।

शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ अनुसार मंगलवार बिहान ८:३० बजे शेयर बाँडफाँट गर्ने भएको हो । कम्पनीको आईपीओमा २२ लाख ६५ हजार ६९८ आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए ।

यो आवेदन सर्वासाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९०० कित्ताको ३९ दशमलव ६७ गुणा बढी आवेदन परेको हो । कम्पनीले कात्तिक ४ गतेदेखि ८ गतेसम्म ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुको लागि, ३६ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको शेयरमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ । यसरी हेर्दा कम्पनीको आईपीओ ६७ हजार ८९० जनाले मात्र १० कित्ता शेयर पाउनेछन् भने बाँकी २२ लाख आवेदकको हात खाली हुने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button