खबर फटाफटप्रदेश

मेची राजमार्गको ९० ठाउँमा पहिरो

Thrill Factory
Rungta Group

पछिल्लो बेमौसमी वर्षाले पुर्‍याएको क्षति निरीक्षणका लागि केही दिनअघि इलाम र पाँचथरको सीमा क्षेत्रमा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वी पहाडीको ‘लाइफलाइन’ का रूपमा रहेको मेची राजमार्गको अवस्था सुधार गर्ने प्रतिबद्धता जनाए ।

घरघरमा गाडी पुर्‍याउने होडले पनि समस्या निम्तिएको भन्दै पछिल्लो समय अनगिन्ती खनिएका सडकले पनि विनाश गरेको प्रमको आशय थियो । तर कात्तिक सुरुवातदेखि आएको अविरल झरीका कारण ९० ठाउँमा पहिरो झरेको मेची राजमार्ग अझसम्म दोहोरो रूपमा खुलाउन भने कुनै पहल हुन सकेको छैन ।

इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको उत्तरपूर्वी क्षेत्रका लागि मेरुदण्डका रूपमा रहेको राजमार्ग पछिल्लो विपत्तिभन्दा अघिदेखि नै क्षयीकरण हुन थालिसकेको थियो ।

वर्षाका कारण क्षतिग्रस्त राजमार्गको मर्मतका लागि साढे ८ करोड रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ । गएको असोज १६ मा इलामको नारायणस्थान क्षेत्रमा मेची राजमार्गको आधा भाग खसेको थियो ।

मोटरसाइकलसम्म ओहोरदोहोर गर्न मिल्ने अवस्थामा रहेको उक्त सडक कात्तिक ३ मा मान्छेसमेत आउजाउ गर्न नसक्ने अवस्थामा जीर्ण बन्न पुग्यो । राजमार्ग अवरुद्ध भएपछि सवारी साधन बाक्ला घर र साँघुरो सडक भएको इलाम बजार क्षेत्रबाट पास भइरहेका छन् ।

जसका कारण नियमितको ट्राफिक जाम, प्रदूषण, कोलाहल र बजार क्षेत्रको सडक पनि क्षयीकरण हुने क्रम निरन्तर बढेको छ । पहिरोको अस्थायी समाधान गरेर इलाम बजार क्षेत्रको राजमार्गलाई सञ्चालनमा ल्याउनुपर्ने भन्दै स्थानीयले माग गरिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button