No Image Headlineदेश

गैरकानूनी आवागमन रोक्न सीमामा थप कडाइ, कोभिड नियन्त्रणका लागि नाकामै स्वास्थ्य जाँच

Thrill Factory
Rungta Group

देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ ।

कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रवार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिबारे छलफल भएको छ ।

अब अवैधानिक रूपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थक कडाइ गर्ने निर्णय समिति बैठकमा भएको छ । कडाइ गर्नका लागि नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रूपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ ।

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने पनि बैठकमा निर्णय भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको छ ।

थप नागरिकलाई प्रवेश गर्न नदिने के गर्ने भन्नेबारे पनि बैठकमा छलफल भएको थियो । बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारे सुरक्षा निकायका प्रमुखहरूले कार्यबाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

बैठकमा कार्यबाहक प्रधानमन्त्री एवं गृहमन्त्री खाँणले अनाधिकृतरूपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरू कडाइ गर्नुपर्ने बताए ।

कार्यबाहक प्रधानमन्त्री खाँणको सक्रियतामा बसेको बैठकमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुन्न कुमार कार्की सहभागी थिए ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आमन्त्रित थिए । समसामयिक विषयमा थप छलफल गर्न अर्को बैठक आइतवार पुनः बोलाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button