No Image Headlineअर्थखबर फटाफट

मध्य भोटेकोशीको आईपिओ बाँडफाँट, ८ लाख १९ हजार आवेदकले पाए १० कित्ता शेयर

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ शुक्रबार बिहान बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटअनुसार ८ लाख १९ हजार आवेदकले १० कित्ताका दरले शेयर कित्ता पाएका छन्।

कम्पनीले असोज २० गते देखि २५ गतेसम्म सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको हो।

कम्पनीको आईपीओमा २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए। ९५ हजार ७२२ आवेदन भने रद्द भएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ।  करिब १५ लाख आवेदक भने खाली हात भएका छन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button