No Image Headlineदेश

कांग्रेस : महाधिवेशन मंसिर २४ देखि, बाँकी वडा र जिल्लाको यस्तो छ कार्यतालिका

कांग्रेस महाधिवेशन केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेको हो ।निर्वाचन समितिले बुधबार भने मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने मिति प्रस्ताव गरेको थियो । तर बिहीबार बसेको समितिको बैठकले मंसिर २४ देखि २६ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको समितिका संयोजक महादेव यादवले जानकारी दिए ।

निर्वाचन समितिले बाँकी रहेका वडा अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, प्रतिनिधिसभा क्षेत्र अधिवेशन, स्थानीय तह अधिवेशन, जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको पनि नयाँ मिति तोकेको छ । तर, अझै पनि रौतहट र रसुवाको वडा अधिवेशनबारे भने टुंगो लागेको छैन ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button