देशमुख्य खबर

एक्लिए प्रधानन्यायाधीश राणा, सर्वोच्चका १९ न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा

Thrill Factory
Rungta Group

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा मन्त्रिपरिषदमा भाग मागेको लगायत विषयमा विवादित भएपछि सर्वोच्चमा रहेका उनीबाहेक सबै न्यायाधीशहरु एकजुुट देखिएका छन् । १९ जना न्यायाधीशहरु राणाले राजीनामा दिनुपर्ने पक्षमा रहेका छन् ।

दशैं विदामा घर गएका न्यायाधीश तेजबहादुर केसीले पनि अन्य न्यायाधीशहरुको विद्रोहमा आफ्नो पनि समर्थन रहेको जनाएपछि सर्वोच्चमा अब प्रधानन्यायाधीश राणा एकतिर र अरु सबै १९ जना न्यायाधीश एकातिर भएका छन् ।

राणाले राजीनामा दिनुपर्ने भन्दै न्यायाधीशहरुले राणाले तोकेको पेशी र इजलास बहिस्कार गर्दै आएका छन् । दुई दिन न्यायाधीशहरुले इजलास बहिस्कार गरे भने बिहीबार सर्वोच्चका पूर्व न्यायाधीशको निधनमा सबै इजलासहरु स्थगित गरिए ।

शुक्रबार पनि विद्रोह गरेका न्यायाधीशरुको आपसी बैठक बस्नेछ । उनीहरुले शुक्रबार पनि प्रधानन्यायाधीश राणाले तोकेको इजलासमा नबस्ने जनाइसकेका छन् । प्रधानन्यायाधीश राणामाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ । राणाले राजीनामा नदिए आन्दोलन गर्ने चेतावनी दिएको नेपाल बार एसोसिएसनको पनि शुक्रबार बैठक बस्दैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button