No Image Headlineप्रदेश

बागमती प्रदेशको सत्तासाझेदारी शुरु नहुँदै दरार : नेता पाण्डे भन्छन्स-रकार पूरै कार्यकाल मै चलाउँछु : पाण्डे

Thrill Factory
Rungta Group

बागमती प्रदेशमा मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्न लागेका नेकपा (एकीकृत समाजवादी) नेता राजेन्द्र पाण्डेले कांग्रेससँग आधाआधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति नभएको स्पष्ट पारेका छन् ।

‘पूरै मैले चलाउने हो,’ बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै पाण्डेले भने, ‘कहिलेकाहीँ सजिलोका लागि मान्छेले के–के भन्छन् । एक जना साथीले एकीकृत समाजवादी र माओवादी मिल्छ भनेर ठोक्दिनुभयो । अब त्यो चाहिँ सल्लाह नै भएको थिएन ।’

बागमतीमा कांग्रेसले पनि मुख्यमन्त्रीको पालो खोजेको छ । संसदीय दलका नेता इन्द्र बानियाँले कांग्रेस–एकीकृत समाजवादीले आधा–आधा कार्यकाल चलाउनुपर्ने उल्लेख गर्दै प्रस्तावसमेत गरेका थिए । बानियाँले पाण्डेलाई यसअघि नै प्रस्ताव गरिसकेका थिए । यद्यपि त्यस विषयमा सहमति भने जुरेन ।

बागमतीमा एकीकृत समाजवादीकै नेतृत्वमा सरकार गठन हुने सहमति केन्द्रीय गठबन्धनमा मन्त्रालय भागबन्डा हुँदै भएको हो । यद्यपि कांग्रेसको पछिल्लो पटक बसेको संसदीय दलका बैठकले आफूहरूले पनि मुख्यमन्त्रीकाे आधा कार्यकाल पाउनुपनर्ने दाबी गर्ने निर्णय गरेको थियो ।

प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी गठन गरेसँगै प्रदेशमा मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।

उनीसँग ४३ सांसद मात्रै थिए । जबकि, उनलई ५५ सांसदको साथ चाहिन्थ्यो । यसपछि मुख्यमन्त्री शाक्यले बुधबार प्रदेश सभा बैठकबाटै आफूले राजीनामा दिएको घोषणा गरिन् । यसपछि मुख्यमन्त्री बन्न लागेका पाण्डेले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । योसँगै आजै ४ सदस्यीय मन्त्रिण्डलसमेत बन्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button