No Image Headlineदेश

अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्छ: प्रधानमन्त्री देउवा

Birgunj Metropolitan Notice

प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा देखिएको समस्या अदालतले नै मिलाउनुपर्ने बताएका छन् ।

उनले अदालतबारे धेरै टिप्पणी गर्न नमिल्ने बताए । नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको कार्यक्रममा कांग्रेस सभापति देउवाले अदालतका बारे कुनै टिप्पणी नगर्ने र आएको समस्या अदालतले नै हल गर्ने बताए ।

उनले भने, ‘अदालतको बारेमा हामीले धेरै बोल्ने कुरा छैन । अदालतले जे गर्छ, त्यो अदालतको कुरा हो।’

उनले न्यायालयको सम्बन्धमा उठेका सवालबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने बताए ।

गजेन्द्र हमाल कांग्रेसकै नेता भएको दाबी गर्दै प्रधानमन्त्री देउवाले उनले राजीनामा दिइसकेकाले यो विषयमा टुंगिसकेको बताए।

प्रधानमन्त्री देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश समेत व्यक्त गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button