प्रदेशमुख्य खबर

बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा, भोलि तीन बजेसम्म मुख्यमन्त्रीको दाबी गर्न आह्वान

Thrill Factory
Rungta Group

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजीनामा दिएकी छन् ।

प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले मार्ग प्रशस्त गरेको घोषणा गरेकी हुन् । उनले अब नेकपा(एमाले) प्रतिपक्षमा बस्ने बताएकी छन् ।

उनले बुधवार हुने प्रदेशसभाको मत बिभाजनको कार्यसूचीमा जान आवश्यक नरहेको भन्दै आफुले मार्ग प्रशस्त गरेको पनि बताएकि छन् ।

प्रदेश सरकारमा नेकपा (एमाले) को विभाजनपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् । शाक्य तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि गत भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन् ।      बाग्मती प्रदेशमा बिहीबार अपरान्ह ३ बजेसम्म नयाँ सरकार गठनका लागि प्रदेश सभाका दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका हुन् ।                                                          केन्द्रीय सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेकाले बिहीबार पाण्डे मुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button