थपिए ६७२ जना कोरोना संक्रमित, ४९० जना संंक्रमणमुक्त

नेपालमा विगत २४ घण्टामा ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा ७ हजार १६७ ओटा पीसीआर परीक्षण गर्दा ५८२ जना र २ हजार ३२८ ओटा एन्टिजेन परीक्षण गर्दा ९० जना गरी कुल ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



मन्त्रालयका अनुसार सो अवधिमा कोरोना भाइरसबाट ४९० जना संक्रमणमुक्त भएका छन् । यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण आठ जनाको मृत्यु भएको छ । बुधवार मृत्यु हुनेको संख्या थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३७२ पुगेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ ।



सो अवधिमा काठमाडौं उपत्यकामा २०२ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये काठमाडौं जिल्लामा १३७, ललितपुर जिल्लामा ५० र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।