No Image Headlineअर्थ

२८०० विन्दुमा पुगेर फर्कियो नेप्से, रू.६ अर्ब ६१ करोड बराबरको शेयर खरीदविक्री

Thrill Factory
Rungta Group

यो दिन नेप्से परिसूचक २ हजार ७६९ दशमलव १३ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२८ ओटा धितोपत्रको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयरको ७५ हजार ६१२ पटकमा रू. ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्रमध्ये सबैभन्दा बढी वेष्ट फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ ।

उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५८० मा पुगेको हो । त्यसैगरी दोस्रोमा एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव २१ प्रतिशतले वृद्धि भएर रू. १ हजार २०५ पुगेको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा आकर्षक मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै यो दिन शेयरमूल्य बढेको हो ।

उता यो दिन सबैभन्दा बढी एभरेष्ट बैंकको कन्भर्टेबल प्रिफिरेन्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव २४ प्रतिशतले घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६३३ म झरेको हो । त्यसैगरी रैराङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ४ दशमलव ७१ प्रतिशतले घटेर रू. ४८६ मा झरेको छ ।

बुधवार सर्वाधिक शेयर खरीदविक्री भने नबिल बैंकको भएको छ । उक्त कम्पनीको रू. ४३ करोड १९ लाख ३१ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार ६०६ कायम भएको छ ।

कारोबारमा आएका १३ ओटा समूहको परिसूचक मध्ये होटल एण्ट टुरिजमको शून्य दशमलव ३१ प्रतिशत, विकास बैंक समूहको शून्य ३ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ६८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ६८ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक २ दशमलव शून्य ६ प्रतिशतले बढेको छ । त्यसैगरी समूहगत परिसूचक बढ्नेमा बैंकिङ् समूहको परिसूचक शून्य दशमलव ७ प्रतिशत,व्यापार समूहको परिसूचक शून्य दशमलव ७६ प्रतिशत,वित्त समूहको शून्य दशमलव ३८ प्रतिशतले बढेको छ ।

त्यस्तै निर्जीवन बीमा समूहको १ दशमलव ४५ प्रतिशत,अन्य समूहको १ दशमलव २२ प्रतिशत,लघुवित्त समूहको १ दशमलव १ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।

इन्ट्राडे कारोबार अवधिमा नेप्से परिसूचक २ हजार ८०० विन्दु माथिसम्म गएर फर्किएको छ । यो दिन केही तलको मूल्यमा उठाएका कारोबारीहरुले प्रोफिट बुक गरेको पनि देखिन्छ । त्यसोत बजार केही तलमाथि हुँदै माथिको यात्रा तय गर्ने हो ।

अहिले लाभांश सिजन चलिरहेको र विभिन्न कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्न थालेकाले बजार आगामी दिनमा अगाडि बढ्दै जाने बजार विष्लेषकहरुले बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button