अन्तराष्ट्रिय
भारतमा साढे १३ हजार संक्रमित थपिए, १४ हजार निको

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार त्यहाँ १४ हजार ४९ जना संक्रमणमुत्त भएका छन् ।


गत २४ घण्टामा मात्रै ५८४ जना संक्रमितको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरानाका कुल संक्रमितको संख्या ३ करोड ४२ लाख १४ हजार ८६५ पुगेको छ । तीमध्ये ३ करोड ३५ लाख ८९ हजार ६७२ जना निको भइसकेका छन् भने ४ लाख ५५ हजार ६८४ जनाले ज्यान गुमाएका छन् ।
त्यहाँ सकृय संक्रमितको संख्या एक लाख ६९ हजार ५०९ रहेको छ ।