
वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा आज बुधबारदेखि कामदार पठाउन सुरु गरिँदैछ ।



कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान शुरु गर्ने भएका हुन् ।



पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ ।



श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ ।