अर्थ

नेप्से २७५१ विन्दुमा, ६ अर्ब ३१ करोड बराबरको शेयर खरीदविक्री

Thrill Factory
Rungta Group

साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसुचक अघिल्लो कारोबार दिनको तुलनामा २ दशमलव ९५ प्रतिशत अर्थात ७८ दशमलव ८२ अंक बढेको छ ।

यो दिन नेप्से परिसूचक २ हजार ७५१ दशमलव शून्य ७ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयरको ७२ हजार ९७३ पटकमा रू. ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका ती धितोपत्रमध्ये सात ओटा धितोपत्रको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएको छ ।

माउण्टेन हाइड्रो नेपाल,चन्द्रागिरी हिल्स,राधी विद्युत् कम्पनी, ङादी ग्रुप पावर,खानीखोला हाइड्रोपावर,घलेम्दी हाइड्रोपावर र वेष्ट फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशतका दरले वृद्धि भएको हो । यो दिन सर्वाधिक शेयर खरीदविक्री भने कामना सेवा विकास बैंकको भएको छ ।

उक्त कम्पनीको रू. ४४ करोड ७४ लाख ५७ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार भएकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १८ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ९७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक २३ गते साधारण सभा आयोजना गरेको छ । त्यसैगरी दोस्रोमा नबिल बैंकको रू. ३४ करोड ७८ लाख ७७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

शेयरमूल्य घट्नेमा सबैभन्दा बढी साना किसान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार दुई प्रतिशतले घटेको छ । शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ७१५ मा झरेको हो ।

कारोबारमा आएका १३ ओटा समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको हो । सबैभन्दा बढी होटल एण्ड टुरिजमको परिसुचक ७ दशमलव ५१ प्रतिशतले बढेको छ  ।

त्यसैगरी बैंकिङ समूहको परिसूचक २ दशमलव ४४ प्रतिशत, व्यापार समूहको २ दशमलव ७६ प्रतिशत,विकास बैंक समूहको परिसूचक ३ दशमलव ७७ प्रतिशत,हाइड्रोपावर समूहको ४ दशमलव ३३ प्रतिशत,वित्त समूहको परिसूचक ५ दशमलव ६१ प्रतिशत,निर्जीवन बीमा समूहको परिसूचक २ दशमलव ६५,उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।

अन्य समूहको परिसूचक २ दशमलव ४६ प्रतिशत, माइक्रोफाइनान्स समूहको १ दशमलव ३ प्रतिशत,जीबन बीमा समूहको ३ दशमलव ३४ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ३५ प्रतिशत र लगानी समूहको परिसूचक ४ दशमलव ५ प्रतिशतका दरले वृद्धि भएको छ ।

मंगलवार नेप्से परिसूचक सँगै कारोबारमा रकमा पनि वृद्धि भएको छ । कारोबार रकम र परिसूचकमा वृद्धि भएसँगै लगानीकर्ताको मनोबलमा सकारात्मक रहेको यो दिनको बजारले देखाएको छ । नेपाल राष्ट्र बैंकले अस्वभाविक रुपमा उतावचढाव भएको ब्याजरदमा नियन्त्रणमा ल्याएसँगै बजारमा सकारात्मक प्रभाव परेको हो ।

त्यसोत राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामार्फत तरलता सहज बनाउने केही नीतिगत व्यवस्था गर्ने तथा शेयर धितो कर्जाको सिमालाई पनि पुनरावलोकन गर्ने खबरहरु सार्वजनिक भएसँगै त्यसको सकारात्मक प्रभाव बजारमा परेको देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button