यस्तो पनि

अचम्मको जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा

Thrill Factory
Rungta Group

टारसियर नामको सानो जनावर आफ्ना ठूला र चम्किला आँखाको कारण परिचित छ ।

दक्षिण–पूर्वी एसियामा पाइने यो टारसियरको आँखा उसको दिमागबराबर क्षमताको छ । जसले आँखालाई मात्र घुमाएर यताउता हेर्न सक्दैन ।

यदि उसलाई दायाँ–बायाँको कुनै चिज हेर्नु छ भने पूरै टाउको नै घुमाउनुपर्ने हुन्छ । टारसियरको यो डरलाग्दो आँखा नै उसको विशेषता हो । किनभने उसले यिनै आँखाको माध्यमबाट घोर अँध्यारोमा पनि सजिलै देख्न सक्छ । लण्डनका नेचुरल हिस्ट्री म्युजियमका प्रोफेसर जेफ वाक्सल भन्छन्– टारसियरले हरेक चिजलाई एकै रंगको देख्छ ।

उसको आँखाको बनावट यस्तो हुन्छ कि उसले हरेक उज्यालोको अन्तिम झुल्को संकलन गर्न सक्छ । उसको आँखा रातमा देख्न सक्ने कुनै नाइट भिजन चस्माजस्तै हुन्छ ।

यस्ता अनेकौँ अद्भूत जीव हुन्छन्, जो आफ्नो अस्तित्व बचाइराख्नका लागि अनेक तरिका अपनाउँछन् । प्रायजसो अँध्यारोमा बस्ने जीवहरूमा प्रकृतिले नै ‘नाइट भिजन’ शक्ति दिएको हुन्छ । यिनीहरूमध्ये कतिपय जीव गुफामा रहने हुन्छन् भने कतिपय जीव समुन्द्रको गहिराइमा बस्छन् ।

थ्रेडफिन ड्रेगन फिस नामक माछा समुन्द्रको त्यो क्षेत्रमा पाइन्छ, जहाँ सूर्यको किरण पुगेको हुँदैन । त्यहाँ उज्यालोको कमी हुन्छ ।

यो माछाले शरीरको पछिल्लो भागबाट एक किसिमको किरण उत्पन्न गर्छ । यसको शरीरबाट निस्किने किरणको एम्प्लिट्युड अरू किरण बराबर हुन्छ । उक्त किरणको सहायताले उसले जुनसुकै ठाउँमा पनि सजिलैसँग देख्न सक्छ । सजिलै सिकार गर्न सक्छ र सिकारीसँग पनि सजिलै बच्न सक्छ ।

किरण उत्पन्न गर्ने खास अंगका अलावा यो माछाको आँखाको पछाडि भागमा दुईवटा हेड ल्याम्प हुन्छन् । त्यसलाई आवश्यकताअनुसार अन अफ गर्न पनि सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button