No Image Headlineदेश

यी हुन् फागुन २१ गते कार्यकाल सकिने राष्ट्रियसभाका २० सांसद

आउँदो फागुन २१ गते राष्ट्रियसभाका २० जना सांसदको कार्यकाल पूरा हुँदैछ।

राष्ट्रियसभाका प्रत्येक एक तिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिने प्रावधान अनुसार २० जना सांसदको कार्यकाल सकिन लागेको र नयाँ निर्वाचनका लागि राष्ट्रियसभाले निर्वाचन आयोगको ध्यानाकर्षण गराइ सकेको छ।

कार्यकाल सकिनुभन्दा कम्तिमा ३५ दिन अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ। आयोगले सोमबार सरकारलाई माघ पहिलो साता नै राष्ट्रियसभाको चुनाव गर्न सुझाव दिएको छ।

राष्ट्रियसभा सदस्यको चुनावका लागि स्थानीय तहका पदाधिकारीको प्रमुख र उपप्रमुख एवं प्रदेशसभा सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने गर्छ। फागुनमा पदमुक्त हुनेमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चाररचार, कांग्रेसका तीन र मनोनित एक जना छन्।

को को हुन् पदमुक्त हुने सांसदहरु ?

एमालेः

परशुराम मेघी गुरुङ
कोमल वली
सुमनराज प्याकुरेल
कविता बोगटी
चक्र स्नेही
नैनकला ओझा
रामलखन चमार
अगम वान्तवा राई

माओवादी केन्द्रः

दीनानाथ शर्मा
शशिकला दाहाल
जीवन बुढा
खिमकुमार विक

एकीकृत समाजवादीः

ठगेन्द्रप्रसाद पुरी
शेरबहादुर कुँवर
उदया शर्मा पौडेल
शान्तिकुमारी अधिकारी

कांग्रेस

राधेश्याम अधिकारी
दीर्घनारायण पाण्डे
तारादेवी भट्ट

मनोनीत

रामनारायण बिडारी

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button