No Image Headlineदेश

कही नभएको जात्रा अदालतमा – ओली

Thrill Factory
Rungta Group

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले अदालतलाई सट्टापट्टामा चलाई न्यायको हुर्मत लिएको आरोप लगाएका छन्।

झापाको गौरादहमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले अदालतमा कही नभएको जात्रा देखीएको बताए ।

‘कहिले परमादेश जारी गरेर, कहिले गुटबन्दी, कहिले सट्टापट्टाले दुनियाँमा कहीँ नभएको जात्रा सर्वोच्च अदालतमा देखिएको छ,’ उनले भने । न्यायलाई सत्तागढबन्धनले सट्टा पट्टा गरेर अदालतको सम्मान घटाएको उनको टिप्पणी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले भागवण्डा खोजेर सत्ता पनि चलाउन खोजेको भन्दै न्यायिक वृत्तबाटै उनलाई वहिष्कार शुरू भएको छ । सर्वोच्चकै न्यायाधीश, नेपाल बार एसोसिएसन, पूर्वन्यायाधीश संगठन र अधिवक्ताहरुले प्रधानन्यायाधीश जवराको राजीनामा मागिरहेका छन् ।

ओलीले सोमबार नै आफ्नो निर्वाचन क्षेत्र झापा-५ स्थित गौरादहमा कृषि होमस्टेको उद्घाटन गरे ।

गौरादह-५ मा रहेको एकीकृत नमूना खेतीद्वारा निर्मित नमूना पाहुना घर अर्थात होमस्टेको ओलीले उद्घाटन गरेका हुन् ।

जिल्ला बसाइको दोस्रो दिन उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौरादहमा पुगेर कृषि पर्यटनको गन्तव्यको रुपमा सूचीकृत सो स्थानमा होम स्टे उद्घाटन गरेका हुन् ।

उक्त स्थान सरकारले छनौट गरेका १०० पर्यटकीय गन्तव्यमध्ये कृषि पर्यटन क्षेत्रको रुपमा सूचिकृत छ । स्थानीय महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्वारा प्रवर्द्धन गरिएको नमूना खेतीमा सरकारकै सहयोगमा पाहुना घर निर्माण गरिएको हो ।

एक करोड २० लाख रुपैयाँको लागतमा पाहुना घरका साथै ज्येष्ठ नागरिक चौतारी एवम् कोशेली घरसमेत निर्माण गरिएको नमूना एकीकृत खेतीका अध्यक्ष बेधनिधी चापागाँईले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button