
काठमाण्डौको सिनामङ्गलबाट ११ जना अफगानी शरणार्थी पक्राउ परेका छन् ।



केन्द्रीय अनुसन्धान ब्युरोकाअनुसार पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको छ ।



तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएका हुन सक्ने बुझिएको छ । उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।



गैरकानुनी रूपमा भित्रिने तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन सरकारले दक्षिणतर्फका सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।