देश

प्रधानन्यायाधीशको भूमिकाप्रति असन्तुष्ट १४ न्यायाधीशको बैठक आज पनि बस्दै

Thrill Factory
Rungta Group

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकाप्रति असन्तुष्ट १४ न्यायाधीशको बैठक आज पनि बस्दैछ । न्यायाधीशहरूको बैठक बिहान ११ बजे बस्न लागेको हो ।

इजलास शुरू हुने समयमा नै न्यायाधीशहरूको बैठक रहेकाले आज इजलास बस्ने नबस्ने निश्चित भइसकेको छैन ।

यसअघि हिजो बसेको बैठकले प्रधानन्यायाधीश जबराले पद जोगाउनका लागि न्यायालयमाथिको संकटलाई विषयान्तर गर्न खोजेको निष्कर्ष निकालेको थियो ।

वर्तमान संकटको कारण अहिलेको न्यायिक नेतृत्व ९प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा० नै भएको र उनैले ठोस निकास दिनुपर्ने बैठकको निष्कर्ष थियो ।

आइतवारको ​बैठकमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा। आनन्दमोह भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी भएका थिए ।

न्यायाधीशहरू अनिल सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको स्रोतको दाबी छ ।

अनुपस्थित रहेकामध्ये पनि अधिकांशबाट साथ पाउने अवस्था नरहेकाले प्रधानन्यायाधीश राणा एक्लिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button