अन्तराष्ट्रिय

अमेरिकाले साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरूलाई पुनःस्थापना गर्ने

Birgunj Metropolitan Notice

अमेरिकाले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका साढे ५५ हजारभन्दा धेरै अफगानी शरणार्थीहरुलाई  स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापना गर्ने भएको छ ।

बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६ सय अफगानी शरणार्थीलाई  स्थायी रुपमा बसोबास गर्ने गरी पुनःस्थापनाको कार्यक्रम ल्याउन लागेको अमेरिकाले जनाएको छ ।

सैन्य शिविरबाट यति धेरै अफगानीहरूलाई स्थायी बसोबास गर्न ल्याउनु सन् १९८० पछिको पुनःस्थापना कार्यक्रममध्ये सबैभन्दा ठूलो कार्यक्रम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अहिले अफगानिस्तानमा, अमेरिकाको पक्षमा काम गर्ने धेरै अफगानीहरू, अमेरिकी सैनिक बेसहरूमा स्थापित शरणार्थी शिविरहरूमा बसोबास गरिरहेका छन् । अमेरिकामा नयाँ जीवन सुरु गर्दा अफगानीहरूलाई उनीहरूको बस्ती र सहरमा आर्थिक सहयोग वा पुनर्वासका लागि मद्दत गर्नु कार्यक्रमको उद्देश्य भएको खबरमा उल्लेख गरिएको छ ।

कार्यक्रम  स्वीकृत भएमा उनीहरुलाई  आवास, चिकित्सा, बालबालिका विद्यालय भर्ना लगायतका सेवा सुविधा उपलब्ध हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button