No Image Headlineदेशमुख्य खबर

शहरी विकास तथा भवन कार्यालय पर्सामा नियुक्ति विवाद : कर्मचारी संघर्षमा, कार्यालयको कामकाज ठप्प

Thrill Factory
Rungta Group

शहरी विकास तथा भवन कार्यालय पर्साका कार्यालय प्रमुखले २२ जना कर्मचारी करारमा नियुक्त गरेपछि कार्यालयको कामकारबाही ठप्प भएको छ ।

कार्यालय प्रमुख रुद्रनारायण दासले नयाँ कर्मचारी नियुक्त गरेपछि त्यसअघि करारमा कार्यरत कर्मचारी संघर्षमा उत्रिएका हुन् ।

गत असारमा करार अवधि सकिएका कर्मचारीको करार नवीकरण नगरी कार्यालय प्रमुखले अन्य व्यक्तिलाई नियुक्ति दिएको भन्दै पुराना कर्मचारीले संघर्ष थालेका छन् । उनीहरूको संघर्षका कारण कार्यालयको दैनिक कामकारबाही अवरुद्ध भएको हो ।

असारमै करार सकिएका १९ जना प्राविधिकलगायत कर्मचारीलाई काममा लगाएर तलबसमेत नदिई बेरोजगार बनाएको आरोप उनीहरूले लगाएका छन् ।

संघर्षमा उत्रिएका कर्मचारीले आफूले काम गरेको अवधिको पारिश्रमिक पाउनुपर्ने, नियुक्तिमा पुराना कर्मचारीलाई प्राथमिकता दिइनुपर्ने, अहिले दिइएको नयाँ नियुक्ति बदर हुनुपर्ने माग अघि सारेका छन् ।

आफ्ना पाँचसूत्रीय माग राख्दै उनीहरूले आइतवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् । शुरूमा कार्यालय प्रमुख दासलाई ज्ञापनपत्र बुझाउन शहरी विकास तथा भवन कार्यालयमा पुगेका थिए । कार्यालय प्रमुख अनुपस्थित भएकाले प्रशासनमा ज्ञापन बुझाइको इन्जिनियर रविनमनि साहले बताए ।

नयाँ नियुक्तिले विवाद भएपछि कार्यालय प्रमुख दास केही दिनदेखि प्रदेश राजधानी जनकपुरमा गएर बसेका छन् ।

आफ्ना माग पूरा नभएसम्म कार्यालयको कुनै पनि कामकारबाही अगाडि बढ्न नदिने र कार्यालय प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने पनि संघर्षरत कर्मचारीका अगुवा इन्जिनियर साहले बताए ।

कार्यालय प्रमुख दास भने २२ जना नयाँ करार कर्मचारी नियमानुसार नै नियुक्ति गरेको दाबी गर्दछन् । ‘असारमै करार सकिएका व्यक्तिहरूको आफूलाई नै नियुक्ति गर्नु पर्दछ भन्ने माग जायज छैन । उनीहरूलाई म चिन्दिनँ । कार्यालयका कामका लागि नयाँ कर्मचारी करारमा नियुक्ति गरिएको छ,’ दासले भने ।

कार्यालय प्रमुखले भौतिक पूर्वाधार मन्त्रालयको पत्रको अवज्ञा गर्दै व्यक्तिगत लाभका लागि नयाँ कर्मचारी नियुक्ति गरेको आरोप लगाइएको छ ।

मन्त्रालयले गत भदौ २७ गते कार्यालयलाई पत्र लेखेर आर्थिक वर्र्ष २०७८/७९ का लागि कारार वा दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गर्नुपरेमा साविकदेखि काम गर्दै आएका कर्मचारीलाई नियुक्ति गर्न निर्देशन दिएको थियो ।

कार्यालय प्रमुख दासले गत असोज २४ मा २२ जना नयाँ कर्मचारी नियुक्त गरेका थिए ।आर्थिक अभियान

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button