No Image Headlineदेशमुख्य खबरस्वास्थ्य/जिवनशैली

थप ५५७ जनामा कोरोना संक्रमण, ८७७ जना संक्रमणमुक्त

Thrill Factory
Rungta Group

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा कुल ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३४८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २०१ पुगेको छ ।

यसैगरी, आइतवार ८७७ जना निको भएसँगै हालसम्म ७ लाख ८७ हजार ५०७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button