
वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि लार्भा मार्ने अभियान सुरु गरेको छ ।



जाडो मौसम शुरु भएसँगै वीरगन्ज महानगरपालिकामा लामखुट्टेको संख्यामा वृद्ध भएपछि त्यसको नियन्त्रणका लागि वीरगन्ज महानगरपालिकाले अभियान शुरु गरेको सरसफाई व्यावस्थापन शाखाका अधिकृत सर्फुद्दिन मियाँले जानकारी दिए ।



महानगरपालिका क्षेत्रमा लामखुट्टे बढेर नगरवासीलाई सास्ती भएपछि महानगरपालिकाले कात्तिक २ गतेदेखि अभियान शुरु गरेको हो ।
महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १२ मा लार्भा मार्ने ब्लिचिङ पाउडर छरेको छ ।



नाला र खाल्डाखुल्डीमा लामखुट्टेको लार्भा मार्ने ब्लिचिङ पाउडर छर्ने कार्य निरन्तर जारी रहने महानगरपालिकाले बताएको छ ।