No Image Headlineदेश

मेलम्ची खानेपानी आयोजना पुर्निर्माण अनिश्चित, ४ महीनासम्म क्षति यकिन हुन सकेन

Thrill Factory
Rungta Group

मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण अनिश्चित बनेको छ । बाढीपहिरोले क्षति पुगेको ४ महिना बितिसक्दा समेत आयोजनाको क्षतिको यकीन हुन सकेको छैन । यसले आयोजना निर्माणमा अन्योल बढाउँदै लगेको छ ।

कात्तिक महीनासम्म पनि वर्षा भइरहेकाले मेलम्ची बजारबाट अम्बाथानसम्मको सडक र पुलमा थप क्षति भएको मेलम्ची खानेपानी विकास समितिले बताएको छ । आयोजनाले केही समय पहिले नै मर्मत शुरू गर्ने योजना बनाए पनि वर्षाका कारण ढिलाइ भइरहेको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिएका छन् ।

सडक नै खुल्न नसकेकाले अझै आयोजनास्थलमा उपकरण लैजान सकिएको छैन । पुलबजार–अम्बाथान सडक ठाउँ–ठाउँमा भासिएकाले वैकल्पिक सडक खुलाउने योजना बनाइएको थियो । वैकल्पिक सडक खुलाउन अझै समय लाग्ने देखिएकाले खोलाको किनारबाटै सडक खुलाइरहेको समितिले बताएको छ । हेलम्बु गाउँपालिकाले सडक खुलाइरहेको किम्बुसम्म खोलाबाट नै खोलिएको उनले बताए । उपकरण पु¥याउन बाटो चाहिने भए पनि त्यो नहुँदा अझैसम्म लैजान सकिएको छैन । गाउँपालिकाले सडक खुलाइरहेकाले उससँगको छलफलबाट कहिलेसम्ममा खुल्छ भनेर थाहा हुने उनले बताए ।

समितिले असोजमा सडक खुलाउने योजना बनाएको भए पनि काम हुन सकेको छैन । पुरानो ट्र्याक खोला नजिकैबाट भएकाले अहिले त्यहीँबाट खोल्नुपर्ने छ । खोलामा पानीको बहाव कम भएपछि मात्रै काम गर्न सकिने बताइएको छ । हेलम्बु गाउँपालिकाले सडक खुलाउन काम गरिरहेको छ । चनौटेमा हिमपाइप राखेर क्रसिङ बनाएको छ । ठाउँठाउँमा काम गरिरहे पनि केही दिनअघिको वर्षाले पुनः क्षति पुगेको आयोजनाले बताएको छ ।

वर्षाले आयोजनाको सुरुङबाहेक अरू संरचनामा क्षति पुगेको अनुमान गरिएको छ । ‘हेडवर्क’ लगायत संरचनामा क्षति पुगेको अनुमान गरिए पनि त्यसको यकीन हुन नसकेको सूचना अधिकारी पन्तले बताए । यहाँ रहेका संरचना पुरिएकाले त्यहाँ पुगेका प्राविधिकले अझै क्षति यकीन गर्न नसकेका हुन् । ‘उपकरणले पुरिएका संरचना बाहिर ल्याएपछि मात्रै क्षतिको अनुमान गर्न सकिनेछ,’ उनले भने ।

आयोजनास्थलमा कैयौं फिट माथिसम्म पनि नदीजन्य पदार्थ थुप्रिएको छ । एकैपटक त्यसलाई सफा गर्न सकिने अवस्था नरहेको सूचना अधिकारी पन्तले बताए । साँघुरो ठाउँ भएकाले एकैपटक धेरै उपकरण लैजान नसकिने उनको भनाइ छ ।

थुप्रिएका सबै पदार्थ दीर्घकालीन रूपमा सफा गर्नुपर्ने भएकाले त्यसका लागि लामो समय लाग्ने देखिएको छ । अहिलेका लागि अस्थायी रूपमा सानो क्षेत्रबाट पानी निकाल्न सकिन्छ कि भन्ने अनुमान गरिएको छ । उपकरण लगेपछि मात्र कसरी त्यहाँ पानी निकालेर र सुरुङमा पठाउन सकिन्छ भनी थाहा हुने उनले बताए । उनले भने, ‘अहिले त्यहाँ धेरै नदीजन्य पदार्थ थुपारिएकाले त्यसको व्यवस्थापनको चुनौती छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button