यस्तो पनि

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

Thrill Factory
Rungta Group

‘गर्भ रहेपछि नै हामीलाई थाहा थियो कि एक भन्दा धेरै बच्चा गर्भमा छन् । पत्नीले स्वास्थ्य अवस्था बिग्रिएसँगै हामीले उपचार गराइरहेको निजी क्लिनिकले हामीलाई अस्पताल जाने सल्लाह थियो ।’

पाकिस्तानको खैबर पख्नुन्ख्वास्थित एबटावाद सहरमा एकसाथ सातवटा बच्चाको पिता बनेका यार मोहम्मदको भनाई हो यो । उनी खुसीले गदगद छन् ।

निजी क्लिनिकको सल्लाहपछि आफुहरुले बडो कठीनपूर्वक एबटावादको जिन्ना अन्तराष्ट्रिय अस्प्तालमा पुगेको र त्यहाँ अल्लाहले आफुहरुलाई एकसाथ ४ छोरा र ३ छोरी गरी दिएको उनी बताउँछन् ।

बटग्रामका बासिन्दा हुन् मोहम्मद दम्पत्ति । हाल आमा र नवजात शिशुहरुको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालको भनाइ छ ।

यार मोहम्मद दम्पत्तिका यसअघि नै दुईवटा छोरी छन् । अहिले ७ वटा जन्मिएसँगै उनका नौ सन्तान भएका छन् । यतिधेरै सन्तान हुँदा पालनपोषण कसरी गर्ने रु तर मोहम्मदलाई चिन्ता छैन । आफुहरु संयुक्त परिवारमा बस्ने भएकोले बच्चाबच्चीहरु सबैको सहयोगमा हुर्किनेमा उनी ढुक्क छन् ।

एबटावादको जिन्ना अस्पतालकी एक डाक्टरका अनुसार गत शनिवार अस्पतालमा ल्याइएकी मोहम्मदकी पत्नीको अल्ट्रासाउण्ड गरिएसँगै पेटमा कम्तिमा ५ वटा बच्चा भएको अनुमान गरियो । तर महिलाको स्वास्थ्य अवस्था निकै नाजुक थियो ।

रक्तचाप खतरनाक ढंगले बढेको थियो भने पेट पनि निकै फूलेको थियो । उनले यसअघिका दुईवटा छोरीहरु शल्यक्रिया गरेर जन्माएकी हुनाले पहिले टाँका लगाएको ठाउँमा निकै दुखिरहेको थियो । त्यसैले टाँका तथा गर्भाशय फुटेर आमा र बच्चाको ज्यानै जाने जोखिम समेत थियो ।

त्यसैले अस्पतालका डाक्टरहरुले तत्कालै छलफल गरेर उनको शल्यक्रियाको तयारी गरे । शल्यक्रिया एक घण्टासम्म चल्यो । शल्यक्रिया समेत निकै जटिल र खतरनाक बन्यो । किनकी उनको पेट, गर्भाशय र पिसाब थैली एक आपसमा टाँसिएका थिए । निकै सावधानी पूर्वक गर्भाशयबाट उनीहरुले एक एक गरी सातवटा बच्चा बाहिर निकाल्न सफल भए डाक्टरहरु ।

डाक्टरहरुका अनुसार गर्भाधारण गर्नका लागि औषधिको सेवन गर्नाले यसरी ठूलो संख्यामा एकसाथ गर्भ रहने गर्दछ । औषधिका कारण एकसाथ एकभन्दा धेरै डिम्बहरु पाक्ने हुनाले जुम्ल्याहा वा त्यो भन्दा धेरै संख्यामा बच्चाको भ्रूण बन्ने गर्दछ । ती महिलाले पनि गर्भाधारण गर्ने औषधि सेवन गरेकै कारणले गर्भमा सातवटा बच्चा रहेको हुनसक्ने ठहर डाकटरहरुले गरेका छन् । बीबीसीको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button