अर्थप्रदेश

बाराका प्रजिअ कटुवालसँग वीउवासङ्घको छलफल

Thrill Factory
Rungta Group

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले एक समारोह बीच सङ्घकै कार्यकक्षमा बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालसँग भेटघाट तथा छलफल गरेको
छ ।
समारोहमा वीउवासङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महत्व र बोकेको अपार सम्भावना व्यक्त गर्दै यस क्षेत्रका सामु रहेको चुनौती तथा उद्योगी व्यवसायीहरुले भोगिरहेको समस्याहरु बारे प्रकाश पार्नु भएको थियो ।

उहाँले वीरगञ्ज लगायत पर्सा–बारा क्षेत्रमा आर्थिक क्रियाकलाप बढी हुने र खुल्ला नाका भएकोले आपराधिक गतिविधि सोही अनुपातमा हुन सक्ने भएकोले सोही अनुरुपको सुरक्षा व्यवस्थाको प्रबन्धको लागि आग्रह गर्नुभएको थियो ।

त्यस्तै उहाँले वीरगञ्ज–पथलैया औद्योगिक मुलुककै ठूलो औद्योगिक कोरिडोर रहेकोले यस क्षेत्रमा रहेका उद्योगहरुको निरन्तर सञ्चालनको लागि विगतमा स्थापित औद्योगिक सुरक्षा बलको पुनस्थापनाको लागि पहल गरी प्रजिअ कटुवालसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रजिअ कृष्ण बहादुर कटुवालले बारा जिल्लावासीको शान्ति सुरक्षा तथा अमनचैन कायम राख्न तथा आपराधिक गतिविधिलाई पूर्ण रुपमा निरुत्साहित तुल्याउने तर्फ आपूmले प्रभावकारी भूमिका निर्वहन गर्ने बताउनुभयो ।
शान्ति सुरक्षा कायम राख्न निजीक्षेत्रका साथै सर्वसाधारणको समेत भूमिका अपरिहार्य रहेकोले समन्वय र सहकार्यको लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, का.स.स., उद्योगी व्यापारीहरुको उपस्थिति रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button