खबर फटाफटप्रदेश

विराटनगर विमानस्थल सञ्चालनमा, रात्रिकालीन उडान नहुने

तीन दिनदेखि अवरूद्ध विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ।

विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ ।

यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button