अन्तराष्ट्रिय
रुसको कारखानामा आगलागी, मृत्यु हुनेको संख्या १५ पुग्यो

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोटपछिको आगलागीमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।



टस समाचार एजेन्सीका अनुसार घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए । औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ।



विष्फोटन पश्चात् १६० वर्ग किलोमीटर क्षेत्रमा लागेको आगो निभाइएको छ । विष्फोटनमा कार्यशाला भवन पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको कारण अझै पत्ता लागेको छैन ।


