No Image Headlineअर्थमुख्य खबर

लगानीमा तत्काल ब्याजदर बढ्दैन : गभर्नर अधिकारी

Thrill Factory
Rungta Group

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन् ।

वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाई रहेको सन्दर्भ तथा चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै औद्योगीकीकरणलाई प्रवर्द्धन हुने नीतिगत व्यवस्था गर्ने बताए ।

गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको बताए ।उनले हाल बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको पनि उल्लेख गरे । यसबाट लगानीको ब्याजदर स्थिर हुने राष्ट्र बैंकको अपेक्षा रहेको उनको भनाइ छ ।

छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल बजारमा तरलताको चाप बढ्दै गएको देखाउँदै बैंकहरुले निक्षेपमा ब्याजदर बढाइ रहेको र सो कार्यले आगामी दिनमा कर्जामा समेत व्याज बढ्ने भएकोले मुलुकमा लगानी महँगो हुने बताए ।

परिसंघले हाल देखा पर्न थालेको तरलताको चापलाई कम गर्न स्थानीय सरकारहरुको बैंकमा जम्मा रहेको सम्पूर्ण रकमलाई निश्चित समयलाई कर्जा–निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था कायम गर्न समेत राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

चालू मौद्रिकनीतिमार्फत राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कर्जा प्रवाहगर्दा ९० प्रतिशतकर्जा–निक्षेप अनुपातकायमगर्नु पर्ने नियमल्याएको र सो अनुसार आँकलनगरिएको भन्दाकम तरलताउपलब्धभएकोले सो नियमलाई आगमीपौष मसान्तसम्म ९५ प्रतिशतकर्जा–निक्षेप अनुपातकायमगर्ने र असार मसान्तसम्ममा सो अनुपात ९० प्रतिशतमाकायमगरिनु पर्ने गरी स्पष्ट निर्देशनजारी गर्न परिसंघले नेपाल राष्ट्र बैंकसंग आग्रह गरेको छ ।

परिसंघको बैंक तथा वित्त संस्था समितिका सभापति अनलराज भट्टराईले हालको कर्जा–निक्षेप गणना गर्दा विदेशी मुद्रा निक्षेप तथा कर्जालाई समेत गणना गुर्नपर्ने प्रावधानलाई अलग गर्दा बजारमा केही तरलता थप हुने भएकोले राष्ट्र बैंकले त्यसतर्फ समेत ध्यान दिन आग्रह गरेका थिए ।

नेपालका उद्योगहरुलाई आवश्यक पर्ने कच्चापदार्थहरु आयात हुन ९० दिनभन्दा बढी लाग्ने गरेकोले उद्योग तथा औद्योगिक कच्चापदार्थ आयातका सम्बन्धमा छुट्टै व्यवस्थाकायम गरी यस्ता आयातमाउपयोग हुने टर्म लोन तथा साइट एलसीको समय पूर्ववत गरिनु पर्ने पनि परिसंघले माग गरेको छ ।

छलफलका क्रममा नेपाल राष्ट्र बैंकले हाल बैंकहरुले निक्षेपमा ब्याजदर बढाएको भए पनि यसले कर्जाको ब्याजदर नबढ्ने बतााएको छ । कुनै बैंकहरुले कर्जा प्रवाह हुँदाका करारमा भएको प्रिमियम दरमा हेरफेर गरेमा त्यस्ता उद्योगहरुले तत्काल राष्ट्र बैंकलाई सूचीत गर्न समेत भनेको छ ।

मौद्रिक नीतिले यस आर्थिक वर्ष भित्र प्रवाह गर्ने लक्ष्य राखेको कर्जाको करीब ५० प्रतिशत चालू आर्थिक वर्षको शुुरुको तीन महीनामै प्रवाह भइसकेकोप्रति भने राष्ट्र बैंकले चिन्तित रहेको बताएको छ । नेपालको निर्यात अपेक्षित वृद्धि नहुनु र आयात अत्यन्त बढ्न जाँदा विदेशी मुद्राको मौजदातमा समेत चाप बढी रहेकाले वस्तु आयातमा संयमितहुन नेपाल राष्ट्र बैंकले भनेको छ ।

छलफलमा परिसंघका उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, रोहित गुप्तालगायतको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button