अर्थखबर फटाफट

वीरगञ्जमा आज महिला उद्यमी सम्मेलन हुँदै, मोफसलमै पहिलो सम्मेलनमा एक सयभन्दा बढी उद्यमी सहभागी हुने

Thrill Factory
Rungta Group

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको आयोजनामा आज वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन हुँदैछ । बिहान ११ बजे होटल भिसुवामा शुरु हुने सम्मेलनमा १ सय भन्दा बढी महिला उद्यमीहरु सहभागी हुने आयोजकले बताएको छ ।

सम्मेलनको उद्घाटन प्रदेश २ का उर्जा तथा खानेपानी विकास मन्त्री ओमप्रकाश शर्माबाट हुने आयोजकले जानकारी दिएको छ । मोफसलमै पहिलो पटक वीरगञ्जमा हुन गइरहेको महिला उद्यमी सम्मेलनबाट महिला उद्यमशीलता प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालको छ ।

नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्षमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यामशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने सम्मेलन संयोजक मनीषा सुनुवारले बताइन् ।

सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तरक्रिया हुने छन् ।

उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवासयका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुने आयोजकको भनाइ छ ।

सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, शिप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्ने छन् ।
उद्यमका क्षेत्रमा सफल महिला उद्यमीका संघर्ष र धैर्यताका अनुभव नयाँ उद्यमीका लागि उद्यमयात्राका क्रममा सन्दर्भ सामग्री बन्न सक्ने र स्टार्टअपका समस्या आगामी दिनमा चाल्नुपर्ने कदम र त्यसको प्रस्थानबिन्दु बन्न सक्ने बताइएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button