खेल संसार

नेपाली युवा टोलीले इन्डोनेसियाविरुद्ध आज मैत्रीपूर्ण खेल खेल्ने

Patanjali Nepal
Sweet Mart Food

एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ ।

कमजोर तयारीका साथ कठिन प्रतिद्वन्द्वीको सामना गर्न लागेको नेपालले आज ताजकिस्तानको गासर सेन्ट्रल रंगलशालामा इन्डोनेसिया यु–२३ टिमविरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जनले प्रतियोगिताको तयारीका लागि समय छोटो भएको भनेर गुनासो गरेका थिए । नेपाली युवा टोलीले ताजकिस्तान जानुअघि शहीद स्मारक ‘ए’ डिभिजन लिगको नेपाल पुलिस क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोली मंगलबार ताजकिस्तान प्रस्थान गरेको थियो ।

प्रशिक्षक महर्जनले ताजकिस्तान जानुअघि सबै टोली एकै ठाँउमा बसेर अभ्यास गर्न नभएको बताएका थिए । यु–२३ टोलीमा राष्ट्रिय टोलीका ६ खेलाडी समावेश गरिएको छ । उनीहरु माल्दिभ्सबाट साफ च्याम्पियनसिप खेलेर नेपाल फर्किएको भोलिपल्ट नै ताजकिस्तान गएका थिए ।

छनोट प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले ताजकिस्तान, लेबनान र इरानसँग प्रतिस्पर्धा गर्नेछ । छन् । नेपालले कात्तिक ८ गते इरान, ११ गते आयोजक ताजकिस्तान र १४ गते लेबनानविरुद्ध खेल्नेछ ।

प्रतियोगितामा ११ समूहको विजेता टोली र चार उत्कष्ट उपविजेता टोलीले उज्वेकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप खेल्नेछन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button