खबर फटाफटप्रदेश

कालीगण्डकी नदी किनारमा २ पुरुषको शव भेटियो

Thrill Factory
Rungta Group

पाल्पा प्रहरीले कालीगण्डकी नदी किनारमा दुई जना पुरुषको शव फेला पारेको छ ।

जिल्लाको रामपुर नगरपालिका–८ , होस्दीस्थित कालीगण्डकी नदी किनारमा सडेको अवस्थामा अन्दाजी ४०-४५ बर्ष उमेरको पुरुषको शव र सोही वडाको भुजात शिद्धबाबास्थित कालीगण्डकी नदी किनारमा नै सोही उमेर समूहका अर्का पुरुषको शव फेला परेको हो ।

पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार दुवै शव कालीगण्डकी नदीले बगाएर ल्याएको जस्तो देखिएको छ ।

यस्तै, डिएसपी त्वातीले पाल्पामा अर्की एक महिला रुखमा झुण्डिएको अवस्थामा फेला परेकी जानकारी दिएका छन् ।

प्रहरीका अनुसार रिब्दिकोट गाउँपालिका–४, भारकोटरिपकी ३५ बर्षीया माया राना आँपको रुखमा चुन्नीको पासो लगाई मृत फेला परेकी हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button